गोदावरी – ४ को राजमार्ग क्षेत्रमा रहेका होटल व्यवसायहरुको अनुगमन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ भिमदत्त राजमार्ग क्षेत्रमा रहेका होटल व्यवसाय तथा मनोरञ्जन एवम् सत्कारका क्षेत्रहरुको अनुगमन गरिएको छ । गोदावरी नगरपालिकाको सहकार्यमा निड्स नेपालद्धारा सञ्चालीत ‘हाम्रो सम्मान’ परियोजना अन्र्तगत उक्त अनुगमन गरिएको हो ।

maya metro hospital

नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट, उपप्रमुख शारदा रोकाया, प्रमुख प्रशासकिय अधिकृत बसन्त खत्री लगायत नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, निड्स नेपालका कर्मचारी तथा सुरक्षाकर्मीहरुको टोली अनुगमनमा गएको थियो ।

joshi vada pasal 2

अनुगमनका क्रममा बोल्दै नगरप्रमुख भट्टले नगरबासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरभित्र सञ्चालनमा रहेका विभिन्न होटल, लज लगायतका क्षेत्रहरुको अनुगमन गरिएको बताए । उनले स्वास्थ्यका क्षेत्रमा सरकारले लागु गरेका मापदण्डहरुको अधिनमा रहेर उक्त होटल व्यवसायीहरुले कारोबार सञ्चालन गरेका छन की छैनन, कारोबार दर्ता भएको छ की छैन, स्वास्थ्यको मापदण्ड कत्तिको अपनाईएको छ लगायतका विषयमा अनुगमनका क्रममा जाँच गरिएको बताए ।

उनले स्थानीय क्षेत्रमा स्थानीयहरुको उपस्थितिमा कारोबार हुने र उक्त कारोबारमा केही मिसावट भए स्थानियबासीलाई नै समस्या हुने भएकाले नगरपालिकाले उक्त कार्य गरेको बताए । ‘यो स्थानिय क्षेत्र हो, यहाँ व्यवसायहरु प्राय स्थानीयहरुको उपस्थितिका कारण नै सञ्चालन हुन्छन’ उनले भने ‘स्थानिय बासीको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी नगरपालिकाको पनि हो, त्यसैले होटल, रेष्टुरेन्ट लगायतका क्षेत्रमा हुने मिसावट र म्याद सकिएका बस्तुहरुको प्रयोगलाई न्युनिकरण गर्न यो अनुगमन गरिएको हो ।’

उनले नगरपालिकामा आफु निर्वाचित भएर आएदेखी अनुगमनको पाटोलाई पनि प्राथमिकताका साथ हेरिरहेको बताए । उनले अनुगमनले व्यापारी व्यवसायीहरुलाई स्वास्थ्य सम्बन्धी जनचेतनामुलक सन्देश पनि दिने बताए ।

चाडपर्व लक्षित अनुगमन हुन्छ भन्ने गुनासोलाई ध्यानमा राखी नगरपालिकाले आगामी दिनहरुमा पनि अनुगमनलाई निरन्तरता दिने बताउदै उनले अनुगमनका क्रममा त्रुटि फेला परे कारबाहीको प्रकृया समेत अगाडी बढाईने बताए ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.