अत्तरिया – सुदूरपश्चिम प्रदेशमा बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १०७ नमूनाको कोरोना परिक्षण गरिएकोमा ९४ जनामा संक्रमण पुष्टि भएको हो ।


संक्रमित मध्ये कञ्चनपुरका ३५ जना, कैलालीका ३१ जना, बैतडीका १५ जना, दार्चुलाका २ जना, बाजुराका १ जना र डडेल्धुराका २ जना रहेका छन ।

पछिल्लो २४ घण्टामा ११ जनाले कोरोना जितेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
