अमेरिकामा गौरा प्रर्दशनी हुने

रमेश भट्टराई/अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यमा पहिलो पटक गौरा पर्दशनी हुने भएको छ । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सास्कृतिक केन्द्र ( हिन्दु बुद्ध मन्दिर) को सयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा पर्दशनी हुने भएको हो ।

maya metro hospital

नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारि आउदो सेप्टेम्वर ४ मा हुन लागेको गौरा पर्दशनीको तयारी तिब्र पारिएको आयोजकले जनाएको छ ।

joshi vada pasal 2

प्रर्दशनीलाई सफल पार्न बिभिन्न समितिहरु समेत गठन गरिएका छन । प्रर्दशनीमा गौरा पर्वको महत्व झल्किने गरि बिभिन्न पर्चा पम्पलेट वितरण गरिनुका साथै झाँकी तथा देउडा नाचहरु प्रर्दशन गरिने भएका छन ।

अमेरिकामा बाक्लिदै गईरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वहरुको महत्व लोप हुन नदिन गौरा पर्दशनीको आयोजना गरिन लागिएको आयोजकले जनाएको छ । अमेरिकामा करिब २ लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.