धनगढी – धनगढीमा एक ट्याक्टरमा अज्ञात व्यक्तिले आगजनी गरेका छन । धनगढी उपमहानगरपालिका – ६ जालीमा घर अगाडी राखिएको ट्याक्टरमा आगजनी गरिएको हो ।

करण चौधरी उक्त नयाँ अनटेष्ट लेखिएको ट्याक्टरमा मंगलबार राति आगजनी गरिएको जिल्ला प्रहरी कायालय कैलालीले जनाएको छ ।

आगजनीबाट ट्याक्टरको बिचको भाग जलेको छ । राती एक्कासी ट्याक्टरमा आगजनी भएको देखेपछि छिमेकी र स्थानीयको सहयोगबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।
घटनाको अनुसन्धान भई आगजनी व्यक्तीको खोजि कार्य भैरहेको छ । आगजनी गर्ने जंगल क्षेत्रबाट आएको र आगजनी गरेको सिसि टिभी फुटेजमा देखिएको छ ।