महेन्द्रनगर बजारमा अनुगमन, अधिकांश पसलमा मापदण्ड उल्लघन

महेन्द्रनगर – कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको बजार अनुगमन टोलीले महेन्द्रनगर बजारमा अनुगमन गरेको छ । बुधबार बिहान टोलीले महेन्द्रनगर सदरमुकामस्थित किराना पसल, होटेल र सब्जी मण्डीका मासुपसलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्य सूची नराखेको पाइएको छ ।

maya metro hospital
raunak fals and silling

त्यसैगरी सब्जीमण्डीका अधिकांश बधशाला तथा मासु पसलहरुले न्युनतम मापदण्ड पूरा नगरेको पाइएको अनुगमन समितिले जनाएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोक भण्डारीले मासु पसलमा तत्काल मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिए । उनले सबै पसलमा मुल्यसुची राख्न र अखाद्यवस्तु बिक्री नर्गन समेत आग्रह गरे ।

joshi vada pasal 2

बजार अनुगमन क्रममा जिल्ला प्रशासन, नेपाल प्रहरी, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, आन्तरिक राजस्व कार्यालय र भीमदत्त नगरपालिकालगायतको सहभागिता रहेको थियो ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.