बहुलाएको स्यालको टोकाइबाट कञ्चनपुरमा दुई जना घाइते

कञ्चनपुर – बहुलाएको स्यालको टोकाइबाट शुक्लाफाँटा नगरपालिकाका दुईजना घाइते भएका छन् । मंगलबार बिहान स्यालले टोक्दा नगरपालिकाको वडा नं ८ की ६० वर्षीया राजकुमारी चौधरी र वडा नं ९ का ४५ वर्षीय गोकर्ण चौधरी घाइते भएका हुन् ।

bishal shuit house

‘आँगनमा फूलका बिरुवा रोप्दै गरेका बेला एक्कासी आएको स्यालले दाँया हात र दायाँ खुट्टामा टोकेर गहिरो घाउ बनायो’ राजकुमारीका श्रीमान् पल्टा चौधरीले भने, ‘आँगनमै लडाएर स्यालले टोक्न थालेपपछि श्रीमती चिच्याइन्। होहल्ला गरी स्याल भगायौँ ।’

joshi vada pasal 2

यसैगरी, गोकर्णलाई समेत स्यालले गोडामा टोकेर गहिरो घाउ बनाएको वडाध्यक्ष रमेश बहादुर ऐरले बताए । दुवै जनालाई उपचारका लागि महाकाली अस्पताल महेन्द्रनगर लगिँदै छ । स्यालले घर आँगनमै आएर टोक्न थालेपछि यस क्षेत्रको जनजीवन निकै त्रसित भएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.