बैतडी – बैतडीको पाटन नगरपालिका –८ खोड्पेमा कोल्ड स्टोर सञ्चालनमा आएको छ । कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भूमीराज कोल्डस्टोरको बाँकी लगानि गरी ४५ लाखको लागतमा कोल्ड स्टोर सञ्चालनमा आएको हो ।


कोल्डस्टोर स्ञ्चालनमा आएसंगै आलुको बीउ भण्डारणका लागि किसानहरुलाई सहज हुने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख गोपालदत्त भट्टले बताए । खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध क्षेत्र भएको र कोल्ड स्टोर सञ्चालनमा आएपछि किसानहरुलाई सहज हुने उनले बताए । सोमबार एक कार्यक्रमको आयोजना गरेर कोल्डस्टोरको उद्दघाटन गरिएको भट्टले बताए ।

१० टन क्षमताको कोल्डस्टोर खोड्पेमा सञ्चालनमा आएकाले पाटन नगरपालिका वडा नं ८,९ र १० किसानहरुलाई सहयोग पुग्ने कृषि ज्ञान केन्द्रका प्रमुख भट्टले बताए ।
