अत्तरिया – धनगढीमा एक मोटरसाइकलमा आगजनी गरिएको छ । धनगढी उपमहानगरपालिका – ६ जालीका जगत चौधरीको से ४ प ६८९४ नम्बरको होण्डा साईन मोटरसाइकलमा आगजनी गरिएको हो ।

घरको बरण्डामा राखिएको मोटरसाइकलमा अपरिचित व्यक्तिले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेको र आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।