अत्तरिया – निरन्तरको बर्षासँगै मंगलबार पनि मध्यम देखि भारी बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षासँगै मंगलबार महाकाली नदीमा पानीको वहाव उल्लेख्य बृद्धि हुने भएकाले सतर्कता अपनाउन वाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले जारी गरेको सूचनानुसार आज महाकालीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ भने कर्णाली र यसका सहायक नदीहरुको बहाब सामान्य बढ्ने जनाएको छ । यता कोशी, नारायणी, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य घटबढ हुने जनाएको छ ।

महाकाली नदी र आसपासका क्षेत्रमा पानीको सतह बढ्ने साना तथा ठाडो खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भन्दै महाशाखाले सतर्कता अपनाउन भनेको छ ।