दार्चुलामा कोरोना संक्रमित बढ्दै, कोरोनाको लक्षण देखिए परिक्षण गर्न आग्रह

दार्चुला – भारतसितको सीमावर्ती दार्चुलामा कोरोना संक्रमण बढ्न थालेको छ । एक साताको अवधिमा जिल्लामा ९ जना कोरोनाका संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

maya metro hospital

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्ला अस्पतालमा ५ जना, मालिकार्जुनको भगवती स्वास्थ्य चौकीमा २ र गोकुलेश्वरमा २ जना कोरोना संक्रमित फेला परेका छन । स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार ९ संक्रमितमध्ये एक जना ४६ वर्षीय महिला जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्। उनले कोरोनाको लक्षण देखिएका सबैलाई स्वास्थ्य संस्थाहरूमा परीक्षण भइरहेको बताए ।

joshi vada pasal 2

यही साताबाट जिल्लाको भारतसित सीमा जोडिएको सदरमुकामस्थित पुलघाट नाकामा जिल्ला भित्रिने मानिसहरूको नियमित स्वास्थ्य चेकजाँच भइरहेको छ ।

जिल्लाका महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित छन । साउन १५ र १६ गते जिल्ला अस्पतालमा गरिएको परीक्षणमा महाकाली नगरपालिकामा एक महिलासहित ५ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी कार्कीले जानकारी दिए । भारतबाट सोझै जिल्ला भित्रिने हुनाले जिल्लाको कोरोना संक्रमणको जोखिम धेरै रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन ।

जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य संस्थामा आउने कोरोनाका लक्षण देखिएका बिरामीलाई परीक्षण गर्न सबै स्वास्थ्य संस्थाहरूमा किट उपलब्ध रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जुनसुकै व्यक्तिलाई कोरोनाको लक्षण देखिएको स्वयम् आफैं आएर स्वास्थ्य संस्थामा परीक्षण गर्न स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन ।

भारतमा कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुनाले गाउँ फर्कने सबैले कोरोना परीक्षण गरेर मात्र गाउँ पस्ने स्वास्थ्य चौकी दत्तुका स्वास्थ्यकर्मी मोहनसिंह महराले बताए । भारतको कोरोना उच्च संक्रमण भएको ठाउँबाट आउने मानिसहरू सिधै गाउँ पस्न थालेका हुनाले सीमामा निगरानी बढाउनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.