३ बर्षीय छोराको हत्या आरोपमा बैतडीका एक जना पक्राउ

अत्तरिया – ३ वर्षीय बालक हत्याको आरोपमा उनकै बाबु पक्राउ परेका छन् । प्रहरीले बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बस्ने डम्बरबहादुर बोहरालाई पक्राउ गरेको हो ।

maya metro hospital
raunak fals and silling

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नावय उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार बोहरा साउन १६ गते घरबाट ३ बर्षीय छोरालाई सँगै लिएर फरार भएका थिए । आफन्तले नाबालकको खोजी गरिदिन भन्दै प्रहरीमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा बोहरा सोमबार बाँकेको कोहलपुरबाट पक्राउ परेका हुन् ।

joshi vada pasal 2

बोहरा पक्राउ परेपछि नाबालकको शव पनि फेला परेको प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए । सोधपुछ गर्ने क्रममा बोहराले देखाएको ठाउँमा नाबालकको शव फेला परेको प्रहरी नायव निरीक्षक सुवेदीले बताए ।

अनुसन्धान भइरहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको उनले जानकारी दिए ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.