अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट नेपाल नगरपालिमा संघ सुदूरपश्चिम प्रदेश तदर्थ समितिको संयोजकमा निर्विरोध निर्वाचित भएका छन । सोमाबार धनगढीमा आयोजित समितिको कार्यक्रमबाट संयोजकमा नगर प्रमुख भट्टलाई चयन गरीएको हो ।

यस्तै सह संयोजकमा बडिमालिका नगरपालीका बाजुरा नगर प्रमुख अमरबहादुर खड्का, सदस्यमा शिखर नगरपालिका दिर्ध बलायर, त्रिवेणी नगरपालिकाकी कमला कुमारी न्यौपाने, साँफेबगर नगरपालिकाका राजेन्द्र कुुँवर, बेदकोट नगरपालिकाबाट तुुलसी जोशी, पुचौडी नगरपालिका दिपक बहादुर बम, गोदावरी नगरपालिकाकी शारदा देवी रोकाया रहेका छन ।

त्यसै गरि सदस्यमा कन्दकला राना धनगढी उप महानगरपालिका, जुना चौधरी लम्की चुहा नगरपालिका, खडक बहादुर शाह टिकापुर नगरपालिका, राजु तिरुवा भजनी नगरपालिका र खडक बहादुर रावत घोडाघोडी नगरपालिकाका चयन भएका छन । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक बेन्जुको अध्यक्षतामा संचालन भएको सो कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्री गोबिन्द राज बोहरा रहेका थिए ।