कैलालीबाट डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ

धनगढी – कैलालीमा डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको दुर्गाथली गाउँपालिका–४ का गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

maya metro hospital
raunak fals and silling

प्रवक्ता जोशीका अनुसार उनको साथबाट डेढ किलो चरेस बरामद गरिएको छ । कैलालीकै वनबेहडास्थित सशस्त्र गणमा कार्यरत जवान जोशीलाई विशेष सूचनाका आधार सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको जोशीले बताए ।

joshi vada pasal 2

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.