ट्राफिक व्यवस्थापन चुनौती बन्दै

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको नगरपालिका गोदावरी र त्यसको मुख्य सहर अत्तरिया । प्रदेशकै प्रवेशद्धारका रुपमा समेत रहेको अत्तरियामा ट्राफिक व्यवस्थापन चुनौतिपुर्ण बन्दै गएको छ । बजारमा जथाभावी गरिने सवारी पार्किङ र ठेलाव्यवसायीको मनोमानी व्यापारले गर्दा यहाँको ट्राफिक व्यवस्थापन समस्याका रुपमा देखिएको हो । बजारमा जथाभावी गरिने सवारी पार्किङ र ठेला व्यवसायले दुर्घटनाको जोखिम समेत निम्त्याएको छ ।

दिउँसोको समयमा खासै नभएपनि साँझ र बिहान अत्तरिया बजारमा अव्यवस्थीत रुपमा सवारी साधनहरु पार्किङ भएको देख्न सकिन्छ । यातायात व्यवसायीहरुले सडककै किनारमा यात्रु उकाल्ने र ओराल्ने गरेका कारण पनि यहाँ ट्राफिक व्यवस्थापन चुनौतिको रुपमा रहेको छ ।

joshi vada pasal 2

बजारीकरण भएसँगै यहाँ अटो व्यवसायहरु पनि बढ्दै गएका छन । अटो व्यवसायीहरुले पनि बजारका सडक किनारमै अटोेहरु पार्किङ गर्ने गर्दछन । यसले यहाँको ट्राफिक व्यवस्थापनको पाटोलाई अझ समस्यामा पारेको देखिन्छ ।

bishal shuit house

बजारमा जथाभावी रुपमा गरीने सवारी पार्किङले मात्रै नभई ट्राफिक व्यवस्थापनलाई यहाँको ठेला व्यवसायले पनि चुनौती दिएको छ । ठेला व्यवसायीहरुले बजारका जुनसुकै स्थानमा बसेर ठेला व्यवसाय सञ्चालन गरिरहेका हुन्छन । ठेला व्यवसायमा आउने ग्राहकहरुको भिडले बजारमा सवारी आवत जावतमा समेत समस्या पार्ने गर्दछ । बजारको अस्तव्यस्त ठेला व्यवसाय र सवारी पार्किङका कारण प्रदेशकै राजधानीमा रहेको सहरको मुहार कुरुप बन्दै गएको छ ।

maya metro hospital

अत्तरिया बजारलाई सुन्दर शहरका रुपमा चिनाउन र बजारको व्यवस्थित विकास गर्न यहाँको ट्राफिक समस्यालाई व्यवस्थापन गर्न अनिवार्य छ । बजारमा यत्रतत्र हुने सवारीपार्किङको समस्यालाई निराकरण गर्न यातायात व्यवसायीहरुलाई बसपार्क वा अन्य कुनै स्थानमा पार्किङको व्यवस्था मिलाईनुपर्दछ । तोकिएको स्थानमा पार्किङ नगरी जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई कारबाहीको व्यवस्था समेत गरीनुपर्दछ ।

निश्चित स्थानमा यात्रु उकाल्ने र ओराल्ने व्यवस्थापन मिलाउन नगरपालिकाले तदारुकता देखाउनुपर्दछ । जथाभावी व्यवसाय सञ्चालन गरेर बसेका ठेला व्यवसायीहरुलाई पनि व्यवस्थापन गरी सडकलाई फराकिलो रुपमा सञ्चालन गर्न सकिने वातावरण स्थानिय सरकार भएको नाताले नगरपालिकाले गर्नुपर्दछ । ट्राफिक प्रहरीको प्रदेश कार्यालय नै अत्तरियामा छ ।

त्यसैले उक्त कार्यालयले पनि बजारमा जथाभावी रुपमा हुने सवारी पार्किङको नियन्त्रणमा ध्यान दिन जरुरी छ । नगरपालिकाले आफु मातहत लिएको अत्तरिया बसपार्कमा केही मात्रामा मात्रै बसहरु देखिन्छन । महेन्द्रनगर जाने बसहरु, सडकमा यात्रु ओराल्ने र उकाल्ने गरीरहेका हुन्छन भने पुर्वतिर जाने बसहरुले ट्राफिक कार्यालयकै अगाडी उक्त कार्य गरीरहेका हुन्छन ।

त्यसैले जिम्मेवार निकायमा रुपमा रहेका नगरपालिका र ट्राफिक प्रहरी कार्यालयले एकआपसमा समन्वय गरी आवश्यक योजनाका साथ बजारको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त रुपमा सञ्चालनका लागी पहलकदमी गर्न आवश्यक छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.