सुर्नयामा चितुवाको आतंक

बैतडी – बैतडीको सुर्नयामा चितुवाको आतंक कायमै रहेको छ । सुर्नया गाउँपालिका – ८ मा चितुवाले घरपालुवा जनावर खान थालेको दुई महिना भन्दा बढी भईसकेको छ ।

maya metro hospital

गएको अढाई महिना यता चितुवाले सुर्नयामा ५० भन्दा बढी बाख्रा खाईसकेको स्थानीयले जनाएको छ । रातिको समयमा गोठबाटै चितुवाले बाख्रा, खसी लगायतका घरपालुवा जनावर खान थालेपछि किसानहरु समस्यामा परेका छन ।

joshi vada pasal 2

नजिकैको ढोले जंगलबाट गाउँमा चितुवा पसेर लगातार घरपालुवा जनावर खान थालेपछि स्थानीयबासीहरुमा त्रास फैलिएको छ । चितुवाले आतंक मच्चाएपछि चितुवा नियन्त्रणका उपायका बारेमा सरकारले सोच्नुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.