कैलालीका बिभिन्न ठाउँबाट १२ लाख बढीको अबैध समान बरामद

धनगढी –  सशस्त्र प्रहरीले कैलालीका बिभिन्न ठाउँबाट १२ लाख बढीको अबैध समान बरामद गरेको छ । भन्सार छलेर चोर बाटोबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले कपडा, मोटरसाइकल तथा किराना समान गरी १२ लाख बढीको समान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।

maya metro hospital

सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलाली माथहतबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको मुल्य ५ लाख ५७ हजार ६ सय २० बरावरको लत्ताकपडा, किराना सामान, चिनी र सामान तथा बोक्नमा प्रयोग गरिएको ६० हजार बराबरको १ थान मोटरसाइकल बरामद गरेको जनाएको छ ।

joshi vada pasal 2

मोटरसाइकल सहित बरामद गरिएको समान कैलाली भन्सार त्रिनगर तथा सत्ती भन्सारमा बुझाएको सशस्त्र प्रहरी ३४ नम्बर गण कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.