दार्चुलाका अल्लो उद्यमीलाई मन्त्री बडूले गरे प्रविधि हस्तान्तरण

दार्चुला – दार्चुलामा अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरिएका छ । जिल्लामा अल्लो उद्योग संचालन गरेका ३ उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहयोगमा आइतबार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले अल्लो उद्यमीहरुलाई प्रविधि हस्तान्तरण गरेका हुन ।

maya metro hospital

कार्याक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले ग्रामिण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुलाई प्रवद्धन गर्न प्रविधिको प्रयोग आवश्यक रहेको बताए । उनले साना तथा मझौला उद्योग अर्थतन्त्रका मुल मेरुदण्ड भएको बताए ।

joshi vada pasal 2
raunak fals and silling

‘सरकारले साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण गरि देशका ७५३ वटै स्थानीय तहमा ओैद्योगिक ग्राम बनाउने नीति लिएको छ’ उनले भने ‘राजनीति गर्दै गरौला, कोही जितौला कोही हारौला तर यहाँका उद्यमी र उत्पादनको संरक्षण एंव विकासका लागि सबै लागौ । जनताको जिवनस्तर उकास्नका लागि यहाँ (दार्चुला) का स्थानीय तहले पनि पहल गर्नुस्, एउटा ओैद्योगिक ग्रामका लागि सरकारले तीन करोड रुपैयाँ लगानी गर्छ, यसको लाभ उठाउनुस् ।’

३ जना उद्यमीलाई अल्लो प्रशोधनका लागि ७ लाख लागत बराबरका मेशिनरी सामाग्री हस्तान्तरण गरेको थियो । जसअन्तरगत महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका ३ जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको छ । मेशिन पाएपछि व्यवसाय सञ्चालनमा सहजता हुने उद्यमीहरुले बताएका छन ।

अल्लो उद्यमी गणेश दत्त जोशीले २०४४ सालदेखिको प्रयास पछि बल्ल मेसिन पाएको बताए । ‘२०४४ सालदेखिको सपना आज पूरा भयो । अहिलेसम्म प्रायः सबै प्रधानमन्त्री, मन्त्रीज्यूलाई माग गरे तर आश्वासनबाहेक केही पाएन’ उनले भने ‘आज विकासप्रेमी नेता उद्योग मन्त्री भएपछि मैले मेसिन पनि पाए । अब मेरो भावी पुस्ताले यसबाट भरपूर लाभ लिनेछ ।’

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.