कञ्चनपुरको सार्की टोल जोगाउन तटबन्ध निर्माण गरिदै

अत्तरिया – कञ्चनपुरको बेदकोट नगरपालिका – ४ बैताडामा रहेको सार्कीटोल जोगाउन तटबन्ध निर्माणको काम थालिएको छ । श्रावण १८ गते चौधर नदीमा आएको बाढीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण थालिएको हो ।

maya metro hospital

नदीमा आएको बाढीले स्थानीय क्रिसन भुलको परिवार विस्थापित भएको थियो भने अन्य करिब १ दर्जन घर बाढीको जोखिममा परेका थिए । बर्षादको समय अझै बाँकी भएकाले थप क्षती हुनबाट जोगाउन अस्थाई रुपमा तटबन्ध निर्माणको काम थालिएको स्थानीय राजुराम भुलले जानकारी दिएका छन ।

attariya hospital

जस अन्तरगत सशस्त्र प्रहरी बल शैलेश्वरी गणको सहयोगमा करिब १ हजार ५ सय कठ्ठामा माटो भरेर तटबन्ध निर्माणको काम सुरु गरिएको छ । तठबन्ध निर्माणको लागि जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले कठ्ठा उपलब्ध गराएको स्थानीय राजुराम भुलले बताएका छन ।

सम्बन्धित समाचारकञ्चनपुरको चौधर नदीमा आएको बाढीले सार्कीटोल उच्च जोखिममा

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.