गोदावरीमा एमाले पराजयका कारण खोजेर यथार्थ निष्कर्ष निकाल्नुपर्छ : प्रदेश अध्यक्ष भण्डारी

अत्तरिया – नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी कैलालीको गोदावरी नगरपालिकामा एमाले पराजय हुनुका कारण खोजेर यथार्थ निष्कर्ष निकाल्नुपर्ने बताएका छन । शनिबार कैलालीको अत्तरियामा नेकपा एमाले गोदावरी नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सो कुरा बताएका हुन । उनले ज्यादै महत्त राख्ने पालिकामा पराजय भएको कारणका सन्दर्भमा पार्टीले गम्भिर बन्नुपर्ने बताए ।

maya metro hospital

‘आज माथिल्लो पंतिमा बसेका नेता कमरेडहरु पार्टीको बिभिन्न अनुभवबाट महत्तपूर्ण जिम्मेवारीमा हुनुहुन्छ । यहाँका निष्कर्षहरु यती बेला स्थानीय तहमा हामीले कसरी हार्न पुग्यौ यसको यथार्थ निष्कर्ष निकाल्नुपर्ने हुन्छ’ उनले भने ‘स्थानीय चुनावमा नेकपा एमाले संग चुनावमा आउने कुनै पनि पार्टीले हिक्मत गरेनन् । कांग्रेसले माओवादी र माओवादीले कांग्रेसको अस्थित्व स्विकार गरेर एमाले सिद्धाउने सोचेका थिए । तर, त्यो सफल हुन सकेन । हामी जनताको बिचमा सम्मानजनक मत पाएका छौ । तर, यसबाट हामी सन्तुष्ट छौ भन्ने कुरा होइन ।’

joshi vada pasal 2
raunak fals and silling

उनले यसका लागि पार्टी भित्र आन्तरिक रुपमा हाम्रा समस्याहरुका बारेमा समिक्षा हुन आवश्यक रहेको बताए । ‘गोदावरी नगरपालिकामा सबै एक भएर चुनावी मैदानमा होमिएको भए आज पराजयको पीडा भोग्नुपर्ने थिएन । हाम्रो आन्तरिक रुपमा हाम्रा समस्याहरु कहाँ कती रहे यो कुरामा समिक्षा हुन जरुरी छ’ उनले दोह¥याउँदै भने ‘हामीले यथार्थ निष्कर्ष निकाल्न जरुरी छ । किन अहिले सम्म हामीले निष्कर्ष निकाल्न सकेनौ ।’

उनले अब पनि वडा देखि पालिका संम्म समिक्षा गरेर एउटा सहि निष्कर्ष निकाल्न नसकेमा फेरी पनि हाम्रो अर्को निर्वाचनको परिणाम अनुकुल नहुन सक्ने बताए । ‘चुनाव अघि गरिएको विश्लेषणमा गोदावरीमा जित्छौ जित्नुपर्छ । यो संग पार्टीको सुदूरपश्चिमका प्रमुख नेताको सम्बन्ध जोडिएको छ । पार्टीको अस्थित्वको लडाई छ । एमालेमाथि घेराबन्दी गरिएको बेला हामीले जितेका पालिकाहरुलाई कायम गर्न सकेनौ भने यसले भोलि पनी प्रभाव पर्छ । यसकारण जित्नै पछै भन्ने थियो’ उनले भने ‘उम्मेदवार छनोटको गर्दा चैत महिनाको २२ गते सम्म अन्तरपार्टी निर्देशन अनुसार पठाएका थियौ । गोदावरी नगरपालिकाको सन्दर्भमा जिल्लाबाट सर्वसम्मत नाम सिफारिस भएको थियो । आकाक्षा थिए तर, निर्णय प्रक्रियामा जादाँ सर्वसम्मत रुपमा अगाडी बढेको थियो । तर, उम्मेदवारमा पनि विवाद नहुँदा हामी कसरी पराजित भयौ ?’

उनले चुनाव भएको तिन महिना सम्म पनि यसको समिक्षा नहुनु दुःखद भएको बताए । ‘यो पार्टी अध्यक्ष र पार्टी महासचिवको समेत चासोको बिषय बन्यो । गोदावरी नगरपालिका हामीले जित्छौ नै भन्ने कुरा हामीले रिपोर्ट गरेका थियौ’ उनले भने ‘अहिले सम्म यसको समिक्षा गरेर यसको कारण के हो भनेर निष्कर्षमा पुगिसक्नु पथ्र्यो ।’

उनले अब पनि हाम्रा अन्तरबिरोधहरुलाई अन्त्य गरेर अगाडी बढ्न सकेनौ भने पार्टी चलायमान र गतिशिल नहुने बताए । ‘आज आमीले कमिटी बनाउँदा पनि अनेक खालका विवाद हुने, कमिटी कमिटीका लागि देखाउनका लागि मात्रै हुने कुरा अब अनुमति छैन । कुनै समस्याको सामाधान हुदैन भने माथिल्ला कमिटीको साहारा लिनु पथ्र्यौ’ उनले भने ‘हामीले एउटा परिणामा बेहोरिसकेका छौ । फेरी यही नियती बेहोर्न सकिदैन । त्यसले अबको निर्वाचनलाई ध्यानमा राखेर पार्टीभित्रका समस्या विधिसम्मत सामाधान गर्न आवश्यक छ ।’

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.