अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाकी पुर्व उपमेयर रत्ना कडायतले आफ्नो जन्मदिनका अवसरमा सेभ हाउसलाई सहयोग गरेकी छिन । उनले गोदावरी नगरपालिका – २ मा रहेको महिला तथा बालबालिका सेभ हाउसलाई जन्मदिनको अवसरमा सहयोग गरेकी हुन ।


अन्तरगत उनले बालबालिकाहरुका लागि स्टेसनरी सामाग्री सहित, बल, जुत्ता, ग्यास सहयोग गरेकी थिईन । उनले जन्मदिनमा फजुल खर्च गर्नु भन्दा बालबालिकालाई सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताइन् ।

सहयोग सामग्री बुझ्दै सेभ हाउसकी अध्यक्ष जानकी मलासिले जन्मदिनको अवसरमा सेभ हाउसलाई सहयोग गरेको भन्दै धन्यावाद ज्ञापन गरेकी थिइन । कडायत २०७४ सालमा गोदावरी नगरपालिकाकाको उपमेयरमा निर्वाचित भएदेखि आफ्नो जन्मदिनका अवसरमा विभिन्न क्षेत्रमा रहेका बेसाहाराहरुलाई सहयोग गर्दै आएकी छिन ।
