अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले करार सेवाका लागि १४ जना कर्मचारी माग गरेको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै बिभिन्न प्राविधिक पदका लागि १४ कर्मचारी माग गरेको हो ।


जस अन्तरगत कानुन अधिकृत, सूचना प्रविधि अधिकृत, सव इन्जिनियर (ल्याव टेक्निसिनय), असिस्टेण्ट सब इन्जिनियर (ल्याव असिस्टेण्ट) १/१ जना, सर्भेक्षक (भूमि आयोगको कार्यका लागि) ४ जना र अमिन (भूमि आयोगको कार्यका लागि) ६ जना कर्मचारी माग गरिएको छ ।

उक्त पदका लागि १५ दिन आवेदन दिने समय तोकिएको छ । करार सेवा अन्तरगत छनोट गरिएका कर्मचारीको म्याद २०८० असार मसान्त सम्म भएपनि काम सन्तोषजनक भएमो सम्झौता अवधि थपिने सूचनामा उल्लेख छ ।
