कार्यसम्पादन मूल्यांकनमा बैतडी देशभरमै १० औँ नम्बरमा

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडी कार्यसम्पादन मूल्यंकनका आधारमा देशभरमै उत्कृष्ट १० भित्र परेको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको देशभरका जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादन मूल्यांकन हेर्दा बैतडी १० औँ नम्बरमा परेको हो ।

maya metro hospital

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीहरू बीच आर्थिक वर्ष ०७८/७९ का लागि भएको कार्यसम्पादन सम्झौताको कार्यान्वयनको अवस्था मूल्यांकन समितिले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदन अनुसार बैतडी १० औँ नम्बरमा परेको हो ।

जिल्ला प्रशासन कार्यालय पहिलो पटक उत्कृष्ट १० भित्र परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । दुई वर्षअघि बैतडी १२ औँ नम्बरमा पुगेको थियो ।

attariya hospital

शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपद्जोखिम न्यूनीकरण, मुद्दाको फर्छ्योट लगायतका आधारमा कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

कार्यसम्पादन मूल्यांकनमा गुल्मी देशभरिको पहिलो नम्बरमा छ । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा पनि उत्कृष्ट १० भित्र परेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.