जोखिम न्यूनीकरणमा ध्यान दिन सुदूरपश्चिम प्रदेश सभा प्राकृतिक स्रोत समितिको ध्यानाकर्षण

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिले बाढी, पहिरो जस्ता प्राकृतिक विपद्ले निम्त्याएको समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ ।

maya metro hospital

अहिले प्रदेशको विभिन्न ठाउँमा नदीले बस्तीसमेत कटान गरिरहेकाले समस्या समाधानका लागि सरकारले ध्यान दिनुपर्ने समितिको ठहर छ । केही दिनमात्रै सो संसदीय टोलीले कैलाली, कञ्चनपुरको विभिन्न क्षेत्रमा बाढी, डुबान, कटानको अवलोकन गरेको थियो ।

अनुगमनका क्रममा कतिपय ठाउँमा नदीले बस्तीसमेत कटान गरिरहेको पाइएको समितिका सभापति हर्कबहादुर कुँवरले बताए । उनका अनुसार कैलालीको टीकापुर, भजनी र जोशीपुर क्षेत्रका कतिपय बस्तीमा अझै कटान रोकिएको छैन ।

attariya hospital

‘कतिपय ठाउँमा विद्यालयसमेत कटानको जोखिममा छन, थोरै लगानीमा समस्या समाधान हुनसक्ने अवस्था छ’, सभापति कुँवरले भने ‘तर, प्रदेश सरकारको यसतर्फ ध्यान पटक्कै गएको छैन ।’ मौसमविद्ले भदौमा ठूलो बाढी आएमा कैलाली, कञ्चनपुरमा धेरै बस्ती डुवानमा पर्नसक्ने र धेरै क्षति हुन सक्ने भएकाले पूर्व तयारी चुस्त बनाउन सरकारलाई आग्रह गरेका छन ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.