भोलीबाट नेपाली चलचित्र ‘म’ देशभर एकैसाथ रिलिज हुदै

अत्तरिया – भोलीबाट नेपाली चलचित्र ‘म’ देशभर एकैसाथ रिलिज हुने भएको छ । कान्तिपुर फिल्मस् एकेडेमीले निर्माण गरेको क्राईम थ्रिलर फिल्म ‘म’ भोलीदेखी देशभरका सबै सिनेमाहलहरुबाट रिलिज हुने भएको हो ।

बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्मको बारेमा जानकारी दिएको छ । अस्पतालमा भएको बिरामीले अस्पतालबाटै कसरी क्राईमको प्रतिनिधित्व गरिरहेको छ भन्ने विषयवस्तु वरपर फिल्मको कथा रहेको फिल्मका निर्देशक जनक सिँहले जानकारी दिए ।

joshi vada pasal 2
bishal shuit house

उनले चलचित्रले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । करिब डेढ करोडको लगानीमा बनेको फिल्ममा एकेडेमीमै अध्यापन गरेका केही विद्यार्थीहरुको समेत अभिनय रहेको छ । फिल्मको मुख्य भुमिकामै एकेडेमीका विद्यार्थी रहेको उनले बताए । उनले मानिसको पहिचानका बारेमा फिल्मले बोलेको बताए ।

‘म भनेको मानिसको पहिचान हो, प्रत्येक मानिस बाहिरी रुपमा अलग र भित्रि रुपमा अलग हुन्छ’ उनले भने ‘फिल्ममा त्यस्तै एक जना व्यक्तिको कथा प्रस्तुत गरीएको छ, जुन अस्पतालमा बिरामीको रुपमा रहेपनि क्राईमको प्रतिनिधित्व गरिरहेको छ ।’

maya metro hospital

उनले नेपाली फिल्मको कथाबस्तु राम्रो हुदैन भन्ने नेपाली दर्शकहरुको जनगुनासोलाई ध्यानमा राखी फिल्मको कथाबस्तुलाई फरक तरिकाले प्रस्तुत गरेकाले दर्शकहरुले फिल्मलाई भरपुर साथ दिने विश्वास व्यक्त गरे ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.