छिटै दोधाराचाँदनीमा सुक्खा बन्दरगाह बन्छ : मन्त्री बडू

कञ्चनपुर – उद्योग‚ वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दोधाराचाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अगाडि बढाइने बताएका छन्। कञ्चनपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहणमा बुधबार मन्त्री बडूले सुक्खा बन्दरगाह निर्माण भएपछि सुदूरपश्चिम क्षेत्रको विकासमा टेवा पुग्ने बताए।

bishal shuit house

भारतीय पक्षले बन्दरगाह निर्माणका लागि पत्राचार गरेको उल्लेख गर्दै उनले निर्माण अगाडि बढ्ने बताए। मन्त्री बडूले मझगाउँ विमानस्थल निर्माण र दैजी छेला औद्योगिक क्षेत्रमा भौतिक निर्माण अगाडि बढाइने बताए।

joshi vada pasal 2

उनले भने‚ ‘अहिलेसम्म १० ओटा औद्योगिक क्षेत्र सञ्चालनमा छन्। ७ वटा घोषणा गरिएका छन्। त्यो घोषणा पनि निजी क्षेत्रको भरोसामा गरिएका छन्।’ औद्योगिक क्षेत्र निर्माणका लागि विदेशी लगानीका लागि वातावरण बनाउन छलफल भैरहेको उनले बताए।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.