कैलालीमा मलको बोरा भित्र लुकाएर चिनी तस्करी

धनगढी – कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रबाट युरिया मलको बोराभित्र राखेर ल्याइएको चिनी बरामद गरिएको छ । सशस्त्र प्रहरी र सत्ती भन्सार कार्यालयको राजश्व टोलीले टीकापुर नगरपालिका – ७ कालाकुण्टाबाट मंगलबार राति चिनी बरामद गरेको हो ।

बोराको बाहिर युरिया मल लेखिएको १५ बोरा चिनी बरामद गरिएको बिओपी खक्रौलाका इन्चार्ज धनबहादुर सिंहले बताए । राति साढे १२ बजेको समयमा तस्करहरूको एक समूहले युरिया ल्याउने बहानामा चिनी भित्र्याई रहेको सूचना पाएपछि गएको टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डिएपी मल, एक हल राँगा, दुईवटा गोरु गाडा बरामद गरेको इन्चार्ज सिंहले बताए ।

joshi vada pasal 2
bishal shuit house

उनले अनुसार तस्करीमा संलग्न एक गिरोहले मलको बोराभित्र राखेर चिनी ल्याउने गरेको सूचनाका आधारमा बरामद गरिएको बताए ।

नेपालमा खेतबारीमा प्रयोग गरिने युरिया, डिएपी लगायतका मलखादको अभाव देखिएपछि किसानहरूले सीमा क्षेत्रबाट मल ल्याउने गरेका थिए ।

maya metro hospital

मलको बोराभित्र चिनी भेटिएपछि सुरक्षा चेकजाँचमा कडाइ गरिएको छ । यो नाकामा तस्करी व्यापक हुने गरेको बताइएको छ । साउन र भदौमा विशेष गरी कपडा नेपाल भित्रिने भएपनि भन्सारबाट कपडा नगन्य मात्रामा भित्रिरहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.