कैलालीमा मगरगोहीले बाख्रा खायो

कैलाली– कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको छ । गोहीले शनिबार बिहान टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका सिद्धप्रसाद ढुङ्गानाको बाख्रा खाएको हो ।

Karma Consultancy
belauri nagarpalika

पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएको गोहीले समाएर नदीमा लगेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिए ।

citizen security services

यसअघि पनि २०७५ सालतिर पथरैया र काडा नदीमा बाख्रा र खसीलाई गोहीले खाएको थियो । यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाइने गरेका छन् । मगर गोही आक्रामक हुनुका साथै जनावर सहित मान्छेलाई पनि खाने गरेका छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.