अत्तरिया – यस वर्षको एसईई परिक्षामा कैलालीको अत्तरियामा रहेको गुँरास एकेडेमीका एक विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन ।
बुधबार प्रकाशित एसईई परिक्षाको नतिजामा उक्त विद्यालयमा अध्ययनरत विद्यार्थी कर्मण कडायतले प्रदेशमै उत्कृष्ट नतिजा ल्याएको विद्यालयका कार्यकारी निर्देशक डम्बर सिँह कडायतले बताए । उनका अनुसार कर्मणले एसईईको परिक्षामा ३.९० जिपिए ल्याएका हुन ।


विद्यालयमा अन्य तिन जना विद्यार्थीहरुले ‘ए’ ग्रेड ल्याएको उनले बताए । विद्यालयका तिन जना विद्यार्थीहरु मिलन कडायत, भैरव नाथ र आशिष चौधरीले ‘ए’ ग्रेड ल्याएको उनले बताए ।
उनले विगतका वर्षहरुमा पनि गुँरासले उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरुले पनि एसईईमा राम्रो नतिजा ल्याउन सफल भएका छन ।
हाल कक्षा ११ र १२ सम्म विज्ञान र व्यवस्थापन संकायहरुमा अध्यापन गराउदै आएको र आगामी दिनहरुमा कक्षा १२ को विज्ञान संकायमा पनि प्रदेशकै अब्बल सावित हुने विद्यालयका कार्यकारी निर्देशक कडायतले बताए ।

विगतका केही वर्ष कोरोना महामारीका कारण आन्तरिक मुल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशन गरेको राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष भने भौतिक उपस्थितिमै एसईई परिक्षा सञ्चालन गरेको थियो ।