अत्तरिया – कैलालीको अत्तरियामा यातायात मजदुरहरुले चक्काजाम गरेका छन । ट्राफिक प्रहरीले पार्कीङ निषेध क्षेत्रमा रोकिएको बसलाई जरिवाना कटाउँदा विवाद भएपछि केही यातायात मजदुरहरुले सडकमा चक्काजाम गरेका हुन ।
काठमाण्डौं महेन्द्रनगर रुटको म १ ख ९१० नम्बरको बसलाई जरिवाना तिराउँदा बस चालक र प्रहरी बिच बिवाद भएको थियो । बिवाद भएपछि प्रहरीले सवारी चालक श्याम राज जोशीलाई पक्राउ गरेपछि अन्य यातायात व्यवसायीहरुले सडकमा गाडी तेर्छो पारेर चक्काजाम गरेका थिए ।
सवारी मजदुर रमेश भट्टले सडक किनारामा रोकिएको गाडीले गल्ती स्वृकार गरेर फाइन तिर्न तयार हुँदा पनि पक्राउ गरिएपछि सडक अवरुद्ध गरेको बताए ।
उता प्रहरीले भने जरिवाना तिराउन खोज्दा अटेरी गरेपछि पक्राउ गरिएको बताएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रवक्ता दान बहादुर रोकायाले अहिले दुवै पक्ष बिच छलफल भइरहेको र सवारी आवागमन सुचारु भइसको बताए ।