दार्चुलाको एक नगरपालिकाका नगरप्रमुखमाथी बलात्कार आरोप 

दार्चुला – दार्चुलाको एक नगरपालिकाका नगरप्रमुख माथी बलात्कारको आरोप लागेको छ । जिल्लाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिँह धामीमाथी एक ५५ वर्षिया महिलाले बलात्कारको आरोप लगाएकी हुन ।

maya metro hospital

उनले २०६१ सालमा हाल नवनिर्वाचित नगरप्रमुख धामीले आफुलाई बलात्कार गरेको भन्दै मेयरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छिन् ।

माओवादी जनयुद्धको बेला आफू गाउँकै जंगलमा सल्लाको पिरोल लिन गएका बेला मेयर धामीले बलात्कार गरेको उनले आरोप लगाईन ।

attariya hospital

उक्त घटनाबारे कसैलाई भने मार्ने धम्की दिएर आफुमाथी नगरप्रमुख धामीले बन्दुक ताकेको समेत उनले बताइन् । आफन्त कोही जान्ने सुन्ने नभएका र श्रीमानपनि अपाङ्ग भएकाले घटना बाहिर नआएको उनले भनाई छ ।

यसैबिच सोही नगरपालिकाका पूर्व नगरप्रमुख अमरसिंह धामीकी छोरी करुणा बिष्ट (धामी) ले समेत ती महिलामाथि बलात्कार भएको जानकारी आफूले पाएको बताएकी छिन् ।

तर, मेयर विजयसिंह धामी भने आफुमाथी झुटा आरोप लगाएको बताए । उनले निर्वाचनमा निर्वाचित भएपछि आफुमाथी झुटो आरोप लगाएर चरित्रहत्या गर्ने काम गरिएको बताए । उनले पूर्व नगरप्रमुखकी छोरी विष्टविरुद्ध प्रहरीमा उजुरी दिने तयारी रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.