कञ्चनपुरमा चितुवाको आलो छालासहित २ जना पक्राउ
कञ्चनपुर – कञ्चनपुरमा चितुवाको आलो छालासहित २ जना पक्राउ परेका छन ।
जिल्लाको कृष्णपुर नगरपालिका–३ बाट प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीया मालती मल्ल र जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई पक्राउ गरेको हो ।
उनीहरुले धानबारीमा लुकाएको अवस्थामा २ थान चितुवाको आलो छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
उनीहरु दुवैले पहाडबाट ल्याएर उक्त छाला लुकाएको हुनसक्ने प्रहरीले जनाएको छ ।