आज विश्व हेपाटाइटिस विरुद्धको दिवस मनाइँदै

काठमाण्डाै – आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसवर्षको नारा ‘हेपाटाइटिसविरुद्धको उपचारमा अब म पर्खिन्न’ भन्ने रहेको छ ।

maya metro hospital

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको तथ्याङ्क अनुसार हेपाटाइटिस ‘बी’ र ‘सी’ बाट ग्रसित १० जनामध्ये ९ जना यो रोगबारे अनविज्ञ रहने गरेका छन् । एचआईभी एड्स, मलेरिया, क्षयरोग जस्तै हेपाटाइटिस पनि ज्यान लिने रोग हो । बोलीचालीको भाषामा हेपाटाइटिसलाई ‘जण्डिस’ पनि भन्ने गरिन्छ।

सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । घातक मानिने हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण हरेक वर्ष १३ लाख मानिसको ज्यान जाने गरेको तथ्याङ्क छ । भाइरस वा ब्याक्टेरियाका कारण हुने हेपाटाइटिसले गम्भीर समस्या निम्त्याउन सक्छ । हेपाइटाइटिस दुई तरिकाको हुन्छ ।

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.