बैतडी – बैतडीको मेलौली नगरपालिकामा गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । नगरपालिका र मेलौलीमा रहेको एनसीसी बैंकको शाखाले गाउँ टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो ।

वृद्ध वृद्धा तथा अपाँगता भएका नागरिकहरुको सहजताका लागि बैँक संग सहकार्य गरेर गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको मेलौली नगरपालिकाक नगर प्रमुख भिम बहादुर चन्द (भुकम्प) ले जानकारी दिए ।

वर्षादको समयमा स्तरिय बाटो नभएका कारण आवत जावत गर्न पनि समस्या भएका बेला उनिहरुलाई केहि राहत पुगोस भनेर गाउँ गाउँमा जाने निर्णय गरेका उनको भनाई छ । सामाजिक सुरक्षा भत्ता वितरणमा जनप्रतिनिधि ,नगर प्रमुख चन्द ,एनसीसी बैंक मेलौली शाखाका प्रबन्धक महेन्द्र बहादुर चन्द, र कर्मचारि खटिएका छन् ।
