देउवा विरुद्ध विद्रोह गरेका कर्ण मल्ल बने कांग्रेस बीपीको वरिष्ठ उपसभापति

डडेल्धुरा – प्रधानमन्त्री शेरबहादुर देउवालाई गृहजिल्ला डडेल्धुरामै टक्कर दिन खोजेका पूर्व प्रदेश सांसद कर्णबहादुर मल्ल नेपाली कांग्रेस बीपीको वरिष्ठ उपसभापति मनोनित भएका छन् ।

maya metro hospital

नेपाली कांग्रेसबाटै प्रदेश सांसद निर्वाचित भएका मल्लले देउवाको कार्यशैलीविरुद्ध विद्रोह गर्दै स्थानीय चुनावअघि पार्टी परित्याग गरेका थिए । कांग्रेस परित्याग गरेपछि मल्ल कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

मल्लले प्रदेशसभा सांसदबाट समेत राजीनामा दिएका छन् । बुधवार बसेको कांग्रेस बीपीको पदाधिकारी बैठकले मल्ललाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिएको हो ।

attariya hospital

पूर्व प्रदेश सांसद मल्लसँगै पार्टी प्रवेश गरेका करुणाकर भट्ट, हरिप्रसाद भट्ट र तहरिसिंह बोहरालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ । तीनै जना डडेल्धुराका प्रभावशाली नेता हुन् ।

पार्टी महाधिवेशनका बेला क्रियाशील सदस्यता विवादका कारण देउवा र मल्लको दूरी बढेको थियो । मल्लले कुनै बेला देउवाको सचिवालयमा बसेर समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.