धनगढी पुगेर लिङदेनले भने ‘राप्रपा बलियो भए मात्र देश बलियो हुन्छ’

 

धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा बलियो भए मात्र देश बलियो हुने बताएका छन् । उनले राप्रपा मात्रै देश बचाउने पार्टी भएकाले राप्रपाप्रति सबैको आकर्षण बढ्दै गएको दाबी गरे । धनगढीमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङदेनले भने, ‘अब राप्रपा देशको वैकल्पिक राजनितिक शक्तिका रुपमा अघि बढीसकेको छ, कसैले चाहेर पनि रोक्न सक्दैन ।’

Karma Consultancy
belauri nagarpalika

राप्रपा देश बचाउने, धर्म बचाउने पार्टी भएकाले यसप्रति युवादेखि जेष्ठ नागरिकसम्मको आकर्षण बढेको उनले बताए । उनले भने, ‘हामी संघीयता । धर्म निरपेक्षता र गणतन्त्र खारेज गर्ने गरी अघि बढेको छ, यसमा सबैको साथ–सहयोग आवश्यक छ ।’ अध्यक्ष लिङदेनले वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले परिणाम देखाउन नसके पनि शक्तिको रूपमा अघि बढेको सन्देश दिएको बताए ।

citizen security services

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा भाग लिँदा राप्रपाको संरचना भताभुंग थियो, अब संगठन विस्तार गरी आगामी निर्वाचनमा परिणाम देखाउनुपर्छ ।’ राप्रपा देश बचाउने र बनाउने पार्टी भएकाले यसमा प्रवेश गरेका कुनै पनि नेता तथा कार्यकर्ताले पछुताउनु नपर्ने अध्यक्ष लिङदेनको भनाइ छ ।

attariya hospital

पार्टी प्रवेश कार्यक्रममा कांग्रेस, एमाले, माओवादी, समाजवादी लगायतबाट ६ सय जना राप्रपामा प्रवेश गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति कैलालीले जनाएको छ । तत्कालीन नेकपा प्रदेश कमिटी सदस्य एवं उद्योग विभाग प्रमुख राजेश भण्डारीको नेतृत्वमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा राजेश भण्डारीले देश बचाउने नेतृत्व र पार्टी राप्रपा मात्रै भएकाले राप्रपामा प्रवेश गरेको बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.