खाेज्नुहाेस

चेक अनादर मुद्दामा धनगढीका एक वडाअध्यक्ष पक्राउ

Image

अत्तरिया – कैलालीको  धनगढी उपमहानगरपालिका -१२ का वडाध्यक्ष शेरबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई चेक अनादर मुद्दामा जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो ।

navjiwan hospital

कैलाली जिल्ला अदालतले वडाध्यक्ष महरालाई चेक अनादर मुद्दामा अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

add everest academy
attariya hospital

चेक अनादर गरेको भन्दै कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए।