आर्थिक अभावले घरमै क्यान्सर संग जुध्दै कैलाली १२ बर्षिय बालक

टीकापुर – आर्थिक अभावका कारण कैलालीको टीकापुरमा एक बालक उपचार नगरी घरमै बस्न बाध्य छन । टीकापुर नगरपालिका – ७ सत्तीका सन्तोष चौधरीका १२ वर्षका छोरा समीर चौधरी उपचार गर्ने रकमको अभावमा घरमै क्यान्सर संग जुध्न बाध्य भएका हुन ।

maya metro hospital

उनलाई टीकापुर अस्पतालमा चेकजाँच गर्दा क्यान्सर संक्रमण भएको बताइएको थियो । अस्पतालले उनलाई भरतपुर क्यान्सर अस्पताल चितवनमा लग्न भनेको भएपनि आर्थिक अवस्था कमजोर हुँदा उनलाई घरमै राखिएको छ ।

उनका आमाबुवा दुबै जना ज्याला मजदुरी गर्ने गरेका छन । लामो समय देखि बिरामी रहेका उनको टीकापुर अस्पतालमा स्थानीय युवा महेश रावललेको अगुवाइमा लगिएको थियो ।

attariya hospital

समीरको दायाँ हातको गर्धनमा सुजन भएको छ । चेकजाँच गर्दा डाक्टरले क्यान्सरको लक्षण भएको बताएको रावलले बताए ।

‘बालकको शारीरिक अवस्था देख्दा स्थानीय युवाले साथीभाइ बिच रकम उठाएर टिकापुर अस्पतालमा चेकजाँच गराएका हौ’ उनले भने ‘अस्पतालले क्यान्सर छ भनेको छ । अब भरतपुर अस्पताल लग्नुपर्ने छ ।’ यसले उनको उपचारका लागि अभियान थालिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.