कञ्चनपुरमा ५ वर्षीया बालिका बलात्कृत गरेको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ 

कञ्चनपुर – कञ्चनपुरमा ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५५ वर्षिय पुरुष पक्राउ परेका छन । जिल्लाको लालझाडी गाउँपालिका–२ कञ्जकी ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा लालझाडी–२ कै कसुवाका ५५ वर्षीय रामदत्त राना पक्राउ परेका हुन ।

Karma Consultancy

पीडित परिवारले सोमबार दिउँसो करिब १२ बजेतिर बलात्कार भएको भनी मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

citizen security services
belauri nagarpalika

पक्राउ परेका रानालाई अहिले ईलाका प्रहरी कार्यालय बेलौरीको थुनामा राखिएको प्रहरी निरीक्षक दानसिँह भण्डारीले बताए । ती बालिकाका हजुरबुवा नाता पर्ने राना त्यहाँका ‘भगत’ पनि रहेको बताईएको छ ।

attariya hospital

पाहुना बनेर ९ गते बालिकाको घर गएका उनले घरमा कोही नभएका बेला करणी गरेको आरोप छ । बालिकालाई स्वास्थ्य परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.