वरिष्ठ देउडा गायक हरिचन्द्र कडायतको निधन

 

धनगढी  – वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको निधन भएको छ । गम्भीर बिरामीपछि अस्पताल भर्ना भएका उनको बुधबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

maya metro hospital

बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्ला निवासी ५४ वर्षीय कडायतमा मस्तिष्कघात भएपछि उनलाई नवजीवन अस्पताल भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो । कडायत २०५० सालदेखि देउडा गायन सक्रिय थिए ।

attariya hospital

उनले ‘कर्णालीका भेल’, ‘बझाङी काल्या’, ‘लंकाभरी सुन छ’, ‘ल बिणी खान्या की’ लगायत दर्जनौँ चर्चित गीतमा आवाज दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.