सरकार विरुद्ध चार पार्टीद्वार संघर्षका कार्यक्रम घोषणा
काठमाडौं – सरकारविरुद्ध संसद बाहिरका चार कम्युनिष्ट पार्टीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लव, नेकपाका अध्यक्ष ऋषि कट्टेल, समाजवादी समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’ र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले संयुक्त रुपमा संघर्षको कार्याक्रम घोषणा गरेका हुन् ।
उनीहरुले आफ्नो अभियानमा साथ दिनको लागि राष्ट्रिय स्वाधीनता एवं जनअधिकार रक्षाको संयुक्त जनसंघर्षमा सामेल हुन विशेष अपिल समेत गरेका छन् ।
उनीहरुले साउन १० गते संयुक्त पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस,साउन १५ गते काठमाडौंमा अन्तरक्रिया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
यो कार्यक्रमपछि उच्च स्तरको जनसंघर्षका कार्यक्रमहरु घोषणा गरिने उल्लेख गरेका छन् । उनीहरुले शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारको नियति एमसिसी र एसपिपीमा उदाङ्गो भएको बताएका छन् ।
उनीहरुले विप्लवसँग केपी ओली नेतृत्वको सरकारले गरेको ३ बुँदे सहमति कार्यान्वयन गरेकोप्रति समेत आक्रोश पोखेका छन् ।