दार्चुलामा खोलामा बेपत्ता भएकी बालिकाको शव फेला 

 

दार्चुला – महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिकाको शव फेला परेको छ । मंगलबार बिहान घाँस काटी घर फर्कने क्रममा खोला बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १४ वर्षीया कविता बडाल बगेको ठाउँबाट करिब एक किलोमिटर तल शव फेला परेकी प्रहरीले जनाएको छ ।

Karma Consultancy
belauri nagarpalika

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीका अनुसार बालिका बगेको ठाउँबाट स्थानीय, सुरक्षाकर्मी र विद्यार्थीले नदी किनारमा खोज्दा करिब १ किलोमिटर तल महाकाली नगरपालिका–३ बडालीगाउँनजिक मृत अवस्थामा फेला परेकी छिन् ।

citizen security services

बेपत्ता बालिकासँगै रहेकी उनकी काकी अन्दाजी ३३ वर्षीया नन्दा बडाललाई स्थानीय उद्धार गरी अस्पताल पुगाएपछि अहिले समान्य अवस्थामा रहेकी प्रहरीले जनाएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.