संसदमा गंगा चौधरीको प्रश्न : निर्मलाको हत्यारा पत्ता लागेकै हो ?

काठमाडौं – प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा नेकपा एमालेकी संसद गंगा चौधरीले निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष सम्म पनि सरकारले अपराधी खोज्न नसकेको आरोप लगाएकी छन् । सांसद चौधरीले सरकारले हत्यारा सार्वजनिक नगरेकोले हत्यारा फेला पारेको कुरा नै शंकास्पद भएको उल्लेख गरेकी छन् ।

Karma Consultancy

उनले भनिन्, ‘आज निर्मला पन्तको हत्या भएको ठिक ४ वर्ष भयो । पहिला यो सदनमा चर्कोचर्को आवाज गुन्जिन्थ्यो तर आज म त्यो आवाज खोजिरहेकी छु । के साँच्चिकै निर्मलाको हत्यारा पत्ता लागेकै हो ?’

citizen security services

उनले यदी हत्यारा समातिएकै हो भने कुन कारागारमा राखिएको र अहिलेसम्म किन सार्वजनिक नगरेको भन्दै सरकारलाई प्रश्न तेर्स्याएकी छन् ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.