विद्युत् लाइनको पोल ढल्दा दार्चुलामा दुई दिनदेखि विद्युत् अवरुद्ध

belauri nagarpalika

दार्चुला – विद्युत् लाइनको पोल ढल्दा दार्चुलाको विद्युत् सेवा आइतबार रातिदेखि पूर्ण रुपमा बन्द भएको छ । राष्ट्रिय प्रसारण लाइनको विद्युत् आइतबार रातिदेखि अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् ।

३३ केभी प्रसारण लाइनमा क्षति हुँदा जिल्लाभरि सबै ठाउमा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका सुपरभाइजर पदमबहादुर बमले बताए । उनका अनुसार शैल्यशिखर नगरपालिका–५ वरमुडे क्षेत्रमा विद्युत्को पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएको हो ।

सोमबार बिहान बिहानैबाट प्रसारण लाइन मर्मतको काम भइरहेको सुपरभाइजर बमले बताए । मंगलबार बेलुकासम्म अवरुद्ध विद्युत् सेवा सुचारु हुन सक्ने उनको भनाइ छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली सोमबारदेखि फिल्डमा खटिएको छ ।

यो गर्मी समयमा विद्युत् सेवा बन्द हुँदा पनि नहुँदा झनै समस्या भएको स्थानीय बताउँछन् । विद्युत् सेवा अवरुद्ध हुँदा यहाका सञ्चारमाध्यम, मोबाइल चार्ज गर्न समस्या, विद्युतीय उपकरण चलाउन सकिएको छैन । जिल्लाको विद्युत्को अनियमित कटौतीले बेलाबेलामा समस्या भइरहने स्थानीयले गुनासो गरेका छन् ।

Karma Consultancy
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.