बैतडी – जिल्ला हुलाक कार्यालय बैतडीमा कर्मचारी अभाव देखिएको छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयमा कर्मचारी अभाव देखिएको हो ।
कार्यालयका प्रमुख टिकासिंह रावलका अनुसार ६२ जना हुलाकीको दरबन्दी रहेकोमा ४२ जना कार्यरत रहेको र २० जनाको दरबन्दी रिक्त रहेको छ । यस्तै १४ जना खरिदारको दरबन्दी रहेकोमा ३ जना मात्रै कार्यरत रहेको र २९ जना हल्काराको दरबन्दी रहेकोमा ५ जना स्थायी र १७ जना करारका गरी २२ जना कार्यरत रहेका उनले बताए । उनले कर्मचारी अभाव हुँदा कार्यालयमा दैनिक क्रियाकलापमा समस्या आईरहेको बताए ।
उनले रिक्त रहेको पदपुर्तीका लागी लोक सेवा आयोगसँग माग गरिएको भएपनि अहिलेसम्म पदपुर्ती हुन नसकेको कार्यालय प्रमुख रावलले बताए ।