नेटवर्कको समस्याका कारण दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध
दार्चुला – नेटवर्कको समस्याका कारण दार्चुलामा विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा अवरुद्ध भएको छ । गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुँदा रोकिएको हो ।
राहदानी विभागले नै सुविसु नेटवर्क कम्पनीमार्फत जडान गरेको नेटवर्कमा समस्या आएपछि विद्युतीय राहदानी सञ्चालन सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
नेटवर्कमा प्राविधिक समस्या आएपछि साउन ४ गतेदेखि सेवा अवरुद्ध भएको बताईएको छ ।