जिल्ला हुलाक कार्यालय बैतडीमा २० जना हुलाकीको दरबन्दी रिक्त

 

बैतडी – जिल्ला हुलाक कार्यालय बैतडीमा २० जना हुलाकीको  दरबन्दी रिक्त रहेको छ । कार्यालयमा ६३ जना हुलाकिको दरबन्दी रहेकोमा ४२ जना मात्रै कार्यरत रहेका छन । जिल्ला हुलाक कार्यालय बैतडीका प्रमुख टिका सिंह रावलले १४ जना खरिदारको दरबन्दी रहेकोमा ३ जना मात्रै कार्यरत रहेको बताए । यस्तै कार्यालयमा २९ जना हल्काराको दरबन्दी  रहेकोमा ५ जना स्थायी र १७ जना करारका गरी २२ जना कार्यतर रहेका र ७ जनाको पद रिक्त रहेको कार्यालयले जनाइएको छ ।

maya metro hospital

रिक्त रहेकाको पदपुर्तीका लागी लोक सेवा आयोग संग माग गरिएको भएपनि अहिले सम्म पदपूर्ती हुन नसकेको कार्यालय प्रमुख रावलले बताए ।

हुलाक कार्यालय प्रमुख रावलाका अनुसार  दैनिक चिट्ठीपत्र आदान प्रदान, पत्रपत्रिका सहुलियत दरमा पठाउने कार्यका लागि दर्ता तथा नवीकरण, एफएम रेडीयोहरुको दर्ता नवीकरण तथा रोयल्टी सकंलन र नेपाल सरकारबाट तोकिएका लोककल्याणकारी विज्ञापन प्रसारण गर्न लगाउने, अनुुगमन गर्ने काम हुलाकले गर्ने गरेको छ ।

 

 

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.