सुदूरपश्चिममा बढ्यो कोरोना, एकैदिन १९ संक्रमित थपिए
धनगढी – पछिल्ला दिनमा सुदू्पश्चिम प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ । यहाँ सोमबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जना र कैलालीको त्रिनगर भन्सार नाकामा ५२ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३४ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सेती अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
