वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

 

लम्की –  कैलालीको लम्कीचुहा नगरपालिका – २ ले सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्न सुरु गरेको छ । वडा कार्यालयले सोमबार देखि बुधबारसम्म वडा कार्यालयबाट नै भत्ता वितरण गर्न सुरु गरेको हो ।

Karma Consultancy

बैंकमा लाइनमा बस्नुपर्ने समस्याको अन्त्यका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडा अध्यक्ष सन्तोष कुमार ओली बताए ।

citizen security services
belauri nagarpalika

‘लम्कीमा रहेको मेरो पसल बैंकसंगै रहेको छ । सामाजिक सुरक्षा लिन गएका बृद्धबृद्धाको दुःखलाई मैले नजिकबाट चिनेको छु, महशुस गरेको छु,’ वडा अध्यक्ष ओलीले भने, ‘त्यही अत्यास लाग्दो लामो लाइनमा बस्नु पर्ने बाध्यताको अन्त्यका लागि वडा कार्यालयबाटै भत्ता वितरण गरिएको हो ।’

attariya hospital

वडामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ६ सय ८८ रहेको छ । उनीहरुलाई दुई त्रैमासिक भत्ता वापतको एक करोड २४ लाख ५१ हजार ९ सय ३० रुपैयाँ वितरण गरिने एनएमबी बैंक लम्कीका शाखा प्रमुख प्रकाश चन्द्र पन्तले जानकारी दिए । वडा कार्यालयले अशक्त तथा हिडडुलमा समस्या भएका लाभग्राहीको सुविधाको लागि अटो रिक्सा समेत गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.