
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टीले धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरिया भेलाको आयोजना गर्ने भएको छ । उक्त पार्टीले साउन १४ गते शनिबार धनगढीको ओम प्यालेसमा प्रदेश भेलाको आयोजना गर्न लागको हो ।

उक्त भेलालाई सम्बोधन गर्न पार्टीका केन्द्रिय सभापति रवि लामिछाने धनगढी आउने जनाइएको छ ।भेला शनिवार दिउँसो १२ बजेर ३० मिनेटमा हुने जनाइएको छ ।
