खाेज्नुहाेस

सीमामा प्रहरीलाई सास्ती 

Image

दार्चुला – आवश्यक पुर्वाधारको अभावमा दार्चुलाका सीमा नाकामा खटिएको प्रहरीले सास्ती खेप्दै आएको छ । चीन संग सीमा जोडिएको दार्चुलामा खटिएका प्रहरीले न्यूनतम पुर्वाधार समेत पाउन सकेका छैनन् । त्रिदेशीय सीमा तिङ्करस्थित छायालेकका नेपाल प्रहरी अध्यारोमा रात बिताउन बाध्य छन् ।

चीनको सीमानजिकै बस्ने प्रहरीका लागि वैकल्पिक उज्यालोको व्यवस्थापन नहुँदा उनीहरु अध्यारोमा बस्न बाध्य भएका हुन् । छायालेकमा उज्यालो नहुँदा प्रहरी राति ८ बजे नै सुत्ने गर्छन् । उज्यालो बनाउन मोबाइल बाल्नुपर्छ । मोबाइल चार्ज गर्न आधा घण्टा तल तिङ्कर गाउँ पुग्नुपर्छ । तिङ्करमा लघु जलविद्युत् छ ।

add everest academy
attariya hospital

‘प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,’ व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, ‘चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो । राज्यले सीमा क्षेत्रमा बस्ने प्रहरीका लागि न्यूनतम सुविधासमेत पु¥याएको रहेनछ ।’

navjiwan hospital

उनले नेपाल–चीन सीमा स्तम्भसम्म जाने जोसुकै पनि त्यही छायालेक प्रहरीकोमा गएर बास बस्ने गरेको बताए । ‘हामीले सीधैँ प्रहरीलाई दिन नमिल्ने रहेछ’, उपाध्यक्ष कुँवरले भने ‘प्रक्रिया मिलाएर वडामार्फत दिने सोच बनाएका छौँ ।’ जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक प्रतिक विष्ट छायालेकका प्रहरीको लागि आफूले सक्ने सहयोग गरेको बताए ।

उनले भने ‘हामीसँग भएको स्रोत र साधनले भएजति ग-यौँ तर सोलार किन्न पैसा हामीसँग हुँदैन् ।’ विद्युत् र सौर्य ऊर्जा नभएकै कारण छायालेकका प्रहरी तीन चार दिनमा मात्रै जिल्लासँग सम्पर्कमा आउने गर्छन् ।

attariya technical collage

चौकीमा रहेको सञ्चार सेट तिङ्कर आएर चार्ज गर्नुपर्छ । फोनले काम गर्दैन । अहिले तिङ्कर गाउँमा नेपाल टेलिकमको एनटी सेट लाइन जडान गरे पनि प्रहरीले आफन्त तथा घर परिवारसँग कुरा गर्न पनि तिङ्कर गाउँ आउनुपर्ने बाध्यता छ ।

त्यहाँका प्रहरीले खाना पकाउन दाउरा नपाउँदा माटोभित्र पाइने जरा खनेर खाना पकाउन बाध्य भएका छन् । प्रहरी चौकीभन्दा जङ्गल निकै टाढा छ ।

Karma Consultancy